कानेपोखरीमा टेक्वाण्डोको ग्रेडिङ्ग

कानेपोखरीमा टेक्वाण्डोको ग्रेडिङ्ग

मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोमा तेक्वाण्डोको जुनियर बेलटेस्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी आइटिएफ तेक्वाण्डोको आयोजनामा स्थानिय जनसेवा मावि परिसरभित्र शनिबार एक कार्यक्रम आयोजना गरि तेक्वाण्डोका खेलाडीहरूलाई ग्रेडिङ्ग दिएको हो ।

तेक्वाण्डोका प्रशिक्षकद्धार शारिरक तथा मौखिक परीक्षामा सामेल भएपछि खेलाडीहरूलाई ग्रेडिङ्ग दिने गरिन्छ । ग्रेडिङ्गको प्रशिक्षकमा नबिन तामाङ्ग, चर्तुरलाल चौधरी र राजेन्द्र धिमाल रहेका थिए । ग्रेडिङ्गमा ५१ जना खेलाडीको सहभागिता रहेको कानेपोखरी आइटीएफका अध्यक्ष युवराज भूजेलले जानकारी दिए । ग्रेडिङ्ग कार्यक्रममा खेलाडीहरूको उत्साह जनक सहभागि रहेकोले तेक्वाण्डोका नयाँ खेलाडी उत्पादन गर्ने र यस खेलप्रति अभिरूचि बढाउने उद्देश्यले कानेपोखरीमा प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको तयारी पनि सुरू गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै दक्षिण एसियाली आइटिएफ तेक्वाण्डो फेडेरेसन बोर्ड सदस्य तथा आइटिएफ प्रदेश १ का अध्यक्ष प्रविण कार्कीले खेलकुदक्ष क्षेत्रमा राज्यले प्रथामिकता दिनुपर्नेमा जोड दिए । ग्रामिण क्षेत्रको मोफसलमा हुने यस्ता कार्यक्रमहरूले खेलाडीहरूको मनोबल उच्च हुने र खेलप्रतिको अभिरूची बढेर जानेृ बताए । राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकता राख्न सके मात्र यस क्षेत्रको विकास हुने र खेलाडीहरू व्यवसायिक बन्न सक्ने उनले बताए ।
कार्यक्रममा कानेपोखरी गाउँपालिका वडाअध्यक्ष तथा प्रवक्ता सुशिल बुढाथोकीले खेलकुद क्षेत्रमा स्थानिय तहले प्रथामिकतामा राखेर काम गर्दै आएको बताए ।
कार्यक्रममा सहभागि भएका खेलाडीहरूलाई प्रोत्सानको लागि लायन्स क्बल अफ कानेपोखरीका अध्यक्ष उमेश पौडेलले पुरस्कारको घोषणा पनि गरे । ग्रेडिङ्गमा सहभागि भएका खेलाडीहरूले आ– आफ््ना कला पनि प्रर्दशन गरे । उनीहरूले अनुसाशित, नियमित र उत्कृष्ट विधामा रहेर प्रर्दशन गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्