मोरङका सबै नागरिकलाई भदौ भित्रमा खोप लगाईदिन आफ्नै सरकारसँग एमालेको माग

मोरङका सबै नागरिकलाई भदौ भित्रमा खोप लगाईदिन आफ्नै सरकारसँग एमालेको माग

विराटनगर । नेकपा एमाले मोरङले आगामी भदौ भित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गरेको छ । आफ्नै पार्टीको केन्द्रीय सरकारलाई मोरङका नागरिकका लागि खोप उपलब्ध गराउन माग गर्ने निर्णय गरेको हो । ्
जिल्लाभरका सबै नागरिकलाई भदौ भित्रमा खोप लगाउने औपचारिक रुपमै माग गर्ने एमाले मोरङ पहिलो पार्टीै बनेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि जिल्लातहबाट केन्द्रीय सरकारसँग खोप मागिएको हो ।

त्यसका साथै नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो ।


एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताउनुभयो । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताउनुभयो ।

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ । एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले
जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गर्नु भएको छ । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्