ग्रीन उद्योगले ल्यायो शेर्पा ब्राण्डको ट्याक्टर टायर

ग्रीन उद्योगले ल्यायो शेर्पा ब्राण्डको ट्याक्टर टायर

विराटनगर । निजी लगानीमा मोरङको कटहरी गाउँपालिकामा सञ्चालित नेपालकै पहिलो टायर उत्पादक कम्पनी ग्रीन टायर उद्योगले तीनवर्षमा आयातको ५ प्रतिशत हिस्सा प्रतिस्थापन गरेको छ । कोरोनाको कारण लगानी विस्तारमा समस्या परेपनि वार्षीक नौ अर्ब बराबरको आयातलाई ५ प्रतिशतले प्रतिस्थापन गर्दै घरेलु कच्चा पदार्थको उत्पादन प्रोत्सहन र प्रयोग बढाउने लक्ष्यमा उद्योग सफल मानिएको लगानीकर्ताहरुले दावी गरेका हुन् ।

विशाल ग्रुप र भारतको फ्यूचर टायरको संयुक्त लगानीमा सन् २०१८ जनवरीदेखि ग्रीन टायरले डेल्टा ब्राण्डको उत्पादन बजारमा बिक्री सुरु गरेको थियो । डेल्टापछि शेर्पा ब्राण्डको ट्याक्टर टायर उत्पादन परीक्षण गरिरहेको उद्योगले वार्षीक ८० करोडको कारोबार गरिरहेको निर्देशक बिनीत सिंघानियाले जानकारी दिनुभयो ।

नेपालमा टायर उद्योग सुरुवात भएसँगै काँचो रबरको खपत ग्रीन टायरले सुरु गरेको छ, निर्देशक सिंघानियाले भन्नुभयो–झापामा उत्पादन भईरहेको रबरलाई हामीले प्रशोधन गरेर प्रयोग सुरु गरेका छौं । ५० करोड रुपिँयाको लगानीमा स्थापना गरिएको उद्योगमा पाँचवर्षको अवधीमा २ सय ५० करोड रुपिँया पु¥याउने लक्ष्य राखिएपनि तीनवर्षमा लगानी विस्तार गर्न नसकिएको सिंघानियाले बताउनुभयो ।
खासमा गतवर्षदेखि केहि लगानी थप्ने तयारीमा थियौं तर कोरोनाका कारण योजना स्थगीत गर्नु प¥यो, निर्देशक सिंघानियाले भन्नुभयो–स्थिति सहज भए आन्तरिक बजारको खपत बढाउने गरि लगानी बढाउने छौं ।
गुणस्तरीय टायर उत्पादन गरेर बजार ल्याउने लक्ष्य पूरा भएपनि अपेक्षाकृत उत्पादनमा वातावरण तयार नभएको बताइन्छ । आयातित टायर भन्दा नेपालको टायर १५ प्रतिशत कम मूल्यमा उपलब्ध हुँदै आएको छ । आयातित टायर ढुवानीका कारण नेपालमा मूल्य धेरै रहेको निर्देशक सिंघानियाको दावी छ ।

उद्योगले मोटरसाइकल, स्कूटी र ई–रिक्साको टायर उत्पादन गर्दै आएको छ । वार्षिक दुईलाख थान टायर उत्पादन गर्ने लक्ष्य पूरा गरिएपनि नयाँ ब्राण्डको टायर उत्पादनका लागि सोचेजस्तो फड्को मार्न नसकिएको हो । बिद्युत, कच्चा पदार्थ अभाव, दक्ष कामदार तथा मिलमेशिनरीमा समस्या हुँदा मर्मतका लागि आवश्यक जनशक्तिको अभाव खड्किने गरेको सिंघानियाले बताउनुभयो ।
पछिल्लो समय चार करोड लगानी थपेर शेर्पा ब्राण्डको ट्याक्टर टायर उत्पादनपछि परीक्षण गरिरहेका छौं, निर्देशक सिंघानियाले भन्नुभयो–देशभरी बिक्री केन्द्र स्थापना गर्ने लक्ष्यलाई पनि बढाउँने योजना छ । निजी क्षेत्रले मोरङमा टायर उद्योग स्थापना गरेपछि नारायणघाटमा समेत अर्को उद्योग स्थापना प्रक्रियामा रहेकोले केहिवर्ष भित्रै नयाँ उद्योग थपिने संभावना रहेको बुझाई छ ।

स्थापनामा ६५ कामदार रहेको उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरेर १५० कामदारले रोजगारी पाएका छन् । स्थिति सहज भए आगामी वर्षदेखि ट्रक, बस, जिप, लरी र ह्याब्भी इक्यूमेन्टको टायर उत्पादनका लागि लगानी विस्तार गरिने योजना रहेको निर्देशिक सिंघानियाले सुनाउनुभयो । नेपालमा खपत हुने टायरको ९९ प्रतिशत हिस्सा आयातबाटै हुँदै आएको थियो, अहिले त्यो घटेर ९४ प्रतिशतको हाराहारीमा झरेको दावी गरिएको छ ।
नेपालमा टायर उत्पादन उद्योगमा लगानी बढे भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र असम राज्यमा निर्यात गर्न सकिने संभावना रहेको छ । ती राज्यमा भारतको गुजरातबाट टायर आयात गरिदैं आएकोले ढुवानी महंगो भएका कारण नेपालबाट निर्यात हुने टायर सस्तो पर्न जानेछ ।

तयारी टायर आयात गर्दा भन्सार महसुल २० प्रतिशत र मूल्य अभिबृद्धि कर लाग्ने गर्दछ । तर, कच्चा आयात गर्दा भन्सार महसुल १ प्रतिशत मात्रै रहेकोले नेपालमा उत्पादन टायरको मूल्य आयातित भन्दा फराकिलो अन्तर हुने उद्योगीहरुको बुझाई छ । भारतबाट कच्चा आयात गरिरहेको उद्योगले नेपालमा रबर उद्योगका सञ्चालकले सरकारले किसानलाई प्रोत्साहन गर्नुपर्ने माग गरेको छ । रबर खेतिमा किसान आकर्षित गर्ने योजना समेत उद्योगले ल्याउने सोच बनाएको छ । नेपालमा मोटरसाइकलको मात्रै वार्षिक २५ लाख थान टायर खपत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्