भाटभटेनी सुपरमार्केटको १९ औं शाखा इटहरीमा निर्माण हुँदैछ ।केहि अगाडी नै खोल्ने तयारीका साथ भाटभटेनीको साथ इटहरीको लबिपुरमा निर्माण भईरहेको भएपनि कोभिड १९ महामारी र निषेधाज्ञाले केहि अवरोध गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले हाल आगामी भदौमा उद्घाटन गर्ने लक्ष्यका साथ काम भईरहेको बताउनु भएको छ ।
इटहरीको भाटभटेनी नेपाल कै सुविधा सम्पन्न स्टोर हुने र त्यहाँ केएफसी, सिनेमाहलहरुको व्यवस्था समेत गरिने भट्टराईले बताउनु भयो । उहाँले नयाँ शाखा इटहरीको मात्र नभई पुर्व कै किनमेलको साथै मनोरंजनको थलोको रुपमा विकास हुने विश्वास व्यक्त गर्नु भयो ।
हाल नेपाल भरी १८ वटा र विराटनगर र धरानमा गरि प्रदेश एकमा दुई वटा स्टोर संचालनमा छन् ।
साथै निकट भविष्यमा दमक र बिर्तामोडमा भाटभटेनी सुरु गर्ने योजना रहेको भट्टराईले जानकारी दिनु भयो ।