मोरङ्गका ६ पत्रकार पुरस्कृत

मोरङ्गका ६ पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन् ।

मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले स्थापना गरेको विभिन्न विधाको पुरस्कारबाट पुरस्कृत गरिएको हो । आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत्रसहित पुरस्कृत गर्नुभएको हो ।

पत्रकारिता जगतको पेशागत मर्यादालाई कायम राख्दै समाज रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आलोचना र दुःखका सारथी भएको बताए । उनले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुको उल्लेख्य भुमिका रहेको जिकिर गरे ।

वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको छ । हाल यस संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्