कानेपोखरीमा एकैदिन चारवटा वडा कार्यालय उद्घाटन

<span class='c1'>कानेपोखरीमा एकैदिन चारवटा</span> <span class='c2'>वडा कार्यालय उद्घाटन</span>

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो ।

वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वडा कार्यालय क्रमश उद्घाटन गरिएको थियो ।
वडा नं. ३ को वडा कार्यालय निर्माण ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा, ४ नं. को ५१ लाख ९३ हजार ८ सय ११ रुपैयाँ ५४ पैसामा, ६ नं. को ७७ लाख २३ हजार ८ सय पच्चिस रुपैयाँ ४५ पैसामा र ७ को ६३ लाखमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

३ नम्बर वडाको भवन निर्माणका लागि सोही स्थानमा बस्ने स्थानीयवासी निर्मला खडकाले २ कठा र महेश्वर खडकाले ३ कठ्ठा जग्गा गाउँपालिकालाई प्रदान गरेका थिए भने ७ नम्बर वडा कार्यालय निर्माणका लागि डिल्लीप्रसाद ओझा, बिजयजङ बस्नेत, रमेश बस्नेत र दिपक ढकालले संयुक्त रूपमा ३ कठा जग्गा प्रदान गरेका हुन । उनिहरूलाई भवन उद्घाटन कार्यक्रमकै दौरानमा सम्मान गरिएको थियो।अन्य २ वटा वडाहरूको कार्यालय भवन गाउँपाकिकाकै स्वामित्वको जग्गामा निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा आफ्ना कुरा राख्दै ३,४ र ६ नम्बर वडा कार्यालयहरूको निर्माणमा जिल्ला समन्वय समितिको १ करोड लागत र अन्य गाउँपालिकाको रहेको बताए साथै उनले ७ नम्बर वडामा प्रदेश सरकारको ५० लाख र अन्य पालिकाको लागत रहेको जानकारी दिए । हालसम्म भाडामा रहि सेवा प्रदान गरिरहेको वडा कार्यालयहरूले यहि साउन १ गतेभित्र आफ्नै कार्यालयमार्फत कामकारबाही अगाडि बढाउने काफ्लेले बताए ।

वडा नं. ७ का अध्यक्ष मोहनप्रसाद अधिकारीले कहिहदसम्म नसोचेको सफलता हासिल गरेको बताए । उनले भने 'हाम्रै कार्यकालमा आफ्नै भवनमा सरेर सेवा प्रदान गर्नेछौं भनेर सोचेको थिइन, तर आज नसोचेको कुरा पूरा भएको छ, धेरै खुसी लाग्यो।'
त्यस्तै, आफ्नो कुरा राख्दै ६ नं. का वडाअध्यक्ष खडक बस्नेतले यस वडाको भवन केही समय अगाडीनै सम्पन्न हुनुपर्ने तर केही प्राविधिक कारणले ढिला भएको बताए। उनले निर्वाचनताका बोलेका कुराहरू पूरा गर्दै आएको बताउदैँ अबका दिनदेखी आफ्नै नयाँ भवनबाट सेवा दिन पाउँने कुराले हर्सित भएको सुनाए ।

उद्घाटन कार्यक्रमको सञ्चालन पालिका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा पालिकाका कर्मचारी , विभिन्न दलका राजनितीज्ञ, समाजसेवी, स्थानिय लगायतको उपस्थिति रहेको थियो। ३ नम्बरको वडा कार्यालय हरकपुरमा, ४ को बयरबनमा, ६ को रमाइलोमा र ७ को आइतबारेमा अवस्थित रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्