कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

बिराटनगर । सुनसरी ईटहरी–१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका ईटहरी–२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

२०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्