उद्योगी राठीद्वारा परोपकार भवनलाई आठ लाखको जेनेरेटर प्रदान

उद्योगी राठीद्वारा परोपकार भवनलाई आठ लाखको जेनेरेटर प्रदान

विराटनगर । वरिष्ठ उद्योगी एवम् समाजसेवी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई आइतबार जेनेरेटर प्रदान गरेका छन् ।
समाजसेवी राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् ।

राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो प्रमुख पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा प्रमुख पराजुलीले वैदिक विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए ।


पराजुलीले आफू पोखरियाको स्थायी बासिन्दा भएको उल्लेख गर्दै समाजसेवी राठीको परिवारसित पुरानो र हार्दिक सम्बन्ध भएको चर्चा गरे ।
उनले भने, ‘परोपकार भवन सम्पूर्ण महानगरकै एक अमूल्य निधि हो । यसको सबै मिलेर संरक्षण र संवर्धन गर्नुपर्छ ।’
समाजसेवी राठीले परोपकार एउटा बहुउद्देश्यीय संस्था भएको उल्लेख गर्दै साहित्यिक, शैक्षिक, सामाजिक, आर्थिक लगायतका हर क्षेत्रमा यसको योगदान रहेको बताए ।

‘यस भवनमा एक दिन म एउटा भव्य कार्यक्रममा थिएँ, त्यही बेला अचानक बिजुलीको लाइन गयो’, उनले भने, ‘त्यस बेला उपस्थित सबै जना गर्मीले असिनपसिन भए । मैले तत्क्षण यस भवनलाई एक जेनेरेटरको खाँचो रहेछ, म दिन्छु भन्ने सङ्कल्प गरेँ ।’
परोकपकार भवनका अध्यक्ष बाबुराम न्यौपानेले राठीले गरेको सहयोग परोपकारमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्