प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

<span class='c1'>प्रदेश १ मा ३५७</span> <span class='c2'>संक्रमणमुक्त, २०३ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्