रंगेली । सीमाबाट तस्करीको लाइन मिलाई दिने भन्दै रकम मागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको घुमुवा भन्दै नेपाल–भारत सीमा क्षेत्रका बासिन्दासँग पैसा असुल्न युवालाई मोरङको धनपालथानबाट आइतबारसाँझ पक्राउ गरिएको हो ।
रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष रायलाई धनपालथान गाउँपालिका–३ मायागञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले साँझ ७ बजेतिर पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।
पक्राउ परेका रायले आफू सशस्त्र प्रहरीको घुमुवा भएकाले नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने बताउँदै आएका थिए ।