खोटाङ अस्पताललाई बायोकेमेष्ट्रि एनालाईजर हस्तान्तरण

<span class='c1'>खोटाङ अस्पताललाई बायोकेमेष्ट्रि</span> <span class='c2'>एनालाईजर हस्तान्तरण</span>

विराटनगर । प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गर्नुभयो ।
प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पतालमा अत्यधिक विरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिनुभयो । एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उहाँले बताउनुभयो । फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिनको बजार मुल्य करिव ३५ लाख सम्म पर्ने साहको भनाई छ ।

सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवस्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताउनुभयो । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्