सर्वोच्च अदालत विरुद्ध विराटनगरमा युवा संघको विरोध

<span class='c1'>सर्वोच्च अदालत विरुद्ध विराटनगरमा</span> <span class='c2'>युवा संघको विरोध</span>

विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गरेपछि त्यसको विरोधमा राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत जेठ ७ गते प्रतिनिधिसभा बिघटन गरेर निर्वाचन घोषणा गरिएको थियो ।

त्यसको विरुद्ध सर्वोच्चमा परेको रिट उपर सोमबार सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने आदेश गरेको छ । संविधानको धारा ७६(५) अन्तर्गत नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसहित सर्वोच्चले आदेश गरेपछि त्यसको विरोधमा एमाले निकट युवा संगठन सडकमा निस्केको हो ।

विराटनगरको जनआन्दोलन चौकबाट उनीहरुले सर्वोच्च अदालतको आदेश लोकतन्त्र र संसदीय अभ्यास विपरित भएको भन्दै सडकमा विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्