प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सोमबार दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
उहाँले प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधयेक २०७८ र ‘प्रदेश विनियोजन विधेयक २०७८’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।