विराटनगरको खारजीमा दुर्घटना, एक जना गम्भिर घाईते

विराटनगरको खारजीमा दुर्घटना, एक जना गम्भिर घाईते

विराटनगर । विराटनगर ४ स्थित खारजीमा भर्खरै कारले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार एक जना गम्भिर घाईते भएका छन् ।
दुवै सवारी साधन आयलनिगमबाट उत्तर तर्फ जादै गर्दा बाटो क्रस गर्ने बेलामा मोटरसाईकललाई कारले ठक्कर दिएको थियो ।

को २८ प ४६८० नम्बरको मोटरसाईकललाई बा १७ च ५९९३ नम्बरको कारले ठक्कर दिएको आयल निगम ट्राफिक बिटले जनाएको छ ।
मोटरसाईकलमा पछाडी सवारी धनकुटा घर भएका ३५ बर्षिय शिसिर लिम्बु गम्भिर घाईते भई हाल विराटनगर नोवेल अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ । उता मोटरसाईकल चालकको नाम भने खुलेको छैन ।
यता कार चालक विराटनगर १० घर भएका ५६ बर्षिय लिला ढुङगेललाई प्रहरीले कार सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तस्विर साभार:रोसन भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्