दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध भारतको रोमाञ्चक जीत

दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध भारतको रोमाञ्चक जीत

भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंका विरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल अगावै जितेको छ । गएराती आर प्रेमादासा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ रोजेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रनको बलियो लक्ष्य पूरा गरेको थियो ।

श्रीलंकाको ओपनर ब्याट्सम्यान अविस्का फ्रेनान्डो र मध्यक्रमका ब्याट्सम्यान चरिथ असालान्काले अर्धशतकीइ पारी खेल्दै श्रीलंकालाई बलियो स्थितिमा पुर्‍याएका थिए । १७६ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको भारतले ४९ दशमलव १ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि यो जीत भारतको पक्षमा गएको हो ।

एक समय हारको नजिक पुगिसकेको भारतलाई आठौं विकेटका लागि बलर दीपक चाहर र भुवनेश्वर कुमारले ८४ रनको उत्कृष्ट साझेदारी गरेपछि भारतले रोमाञ्चक जीत हात पारेको हो । हिजोको खेलमा २ विकेट लिंदै ६९ रनको अविजित ब्याटिङ गरेका दिपक चाहर म्यान अफ द म्याच घोषित भएका थिए । अब तेस्रो तथा अन्तिम एक दिवसीय खेल आउँदो जुलाई २३ तारिखमा खेलिंदैछ ।
-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्