चीनको हेनान प्रान्तमा भीषण बाढी, १२ जनाको मृत्यु, कयौं विस्थापित

चीनको हेनान प्रान्तमा भीषण बाढी, १२ जनाको मृत्यु, कयौं  विस्थापित

हेनान

मध्य चीनमा भारी वर्षापछि आएको भीषण बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् । अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडकहरु र हवाई सेवा समेत बन्द भएको छ । हेनान प्रान्त ९ करोड ४० लाख चीनियाको बसोबास भएको क्षेत्र हो ।
-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्