ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

<span class='c1'>ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद</span> <span class='c2'>निलम्बन, प्रधानमन्त्री बर्खास्त</span>

ट्युनिसिया

ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्नुभएको छ र प्रधानमन्त्रीलाई पनि बर्खास्त गर्नुभएको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद पनि निलम्बन गर्नुभएको बताइएको छ ।

आइतबार राति उहाँले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गर्नुभएको थियो । राष्ट्रपति काइस सेइदले आइतबार राति चाल्नुभएको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिनुभएको छ ।त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उहाँ आफैले गर्नुभएको छ । उहाँले अकस्मात गर्नुभएको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताउनुभएको छ ।

त्यसैगरी यहाँको संसद पनि उहाँले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराउनुभएको छ ।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । -सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्