जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

बर्लिन

जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको हो ।

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो ।

त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उहाँले बताउनु भएको छ । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेख्नुभएको छ ।

जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । -एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्