इजरायल प्यालेस्टाइन द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्छ : संयुक्त राष्ट्रसंघ

<span class='c1'>इजरायल प्यालेस्टाइन द्वन्द्वको राजनीतिक समाधान</span> <span class='c2'>खोज्नुपर्छ : संयुक्त राष्ट्रसंघ</span>

संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनको द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।संयुक्त राष्ट्रसंघका अधिकारीले पछिल्ला दिनहरुमा बढ्दै गएको इजरायल र प्यालेस्टाइनबीचको युद्धलाई शान्तिपूर्ण तवरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।

अहिले गाजामा यहाँका द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यो सहयोग उपलब्ध गराएको प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताउनु भएको छ ।

उहाँले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको प्रसंग उल्लेख गर्दै भन्नुभएको छ कि हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भएपनि त्यहाँको युद्धको समाधान राजनीतिक रुपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ ।
पछिल्ला दिनहरुमा इजरायल र प्यालेस्टाइनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौँ मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्