दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग

नयाँ दिल्ली

कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए ।

महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । “दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गर्नुभयो, सहानुभूति देखाउनुभयो, हामी उहाँहरुप्रति आभारी छौँ”, धन्यवाद दिन चाहन्छौँ, उहाँले भन्नुभयो ।

विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उहाँले जानकारी दिनुभयो । “आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ”, विदेश राज्यमन्त्री मुरलीधरणले भन्नुभयो ।
– एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्