कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

<span class='c1'>कोरोनाविरुद्धको खोपका लागि</span> <span class='c2'>चिनियाँ राष्ट्रपतिको आग्रह</span>

बेइजिङ

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्वका देशहरुलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गर्नुभएको हो ।

अहिले पनि कोरोना भाइरस विश्वका देशमा प्रमुख चुनौतीकैरुपमा देखिएको र यसको निराकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रपति सि जिनपिङले भन्नुभएको छ, “अहिलेको विश्वमा पनि कोरोना महामारी सबैको एक चुनौतीका रुपमा रहेको छ र यसका कारणबाट हुनसक्ने क्षतिको आँकलन अझै असम्भव भएकोतर्फ सबैको ध्यान जानुपर्ने छ ।” अहिले पनि विश्व यो महामारीसँग संघर्ष गरिरहेको र कोरोना महामारीको नियन्त्रणका लागि अहिले देखिएको एकमात्र उपाय भनेको नै खोप भएकाले विश्वले एकआपसमा सहयोगका साथमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति जिनपिङले हालसम्म चीनले विश्वका कम्तीमा पनि एक सय देशलाई खोप अनुदान दिएको जानकारी पनि दिनुभएको छ । साथै चीनले हालसम्म विश्वका करिब ६० देशमा खोपको निर्यात गरिरहेको जानकारी पनि गराउनभुएको छ । हाल तेस्रो विश्वका कतिपय देशहरुमा खोपको खाँचो महसुस भइरहेकाले सबैले यसको मात्रा प्राप्त गर्न पाउन् भनेर सबै मिलेर आपसमा सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

उता चीनले हालैमात्र यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने भएको जनाएको थियो । चीनले यसै वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि बताएको छ ।

राष्ट्रपति जिनपिङले यो कुरा बताउनुभएको थियो । उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने हालैमा बताउनुभएको थियो । राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिडविरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभएको हो ।

कोभिड–१९ को–अपरेशन फोरमको हालै सम्पन्न भएको सो बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश दिनुभएको थियो । राष्ट्रपति जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिनुभयो । राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकीकृत गरी खोप तथा अन्य आवश्यक सहयोग जुटाउन चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिनुभएको थियो ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्