चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

<span class='c1'>चीनका ७७ करोड ७०</span> <span class='c2'>लाखलाई खोपको पूरा मात्रा</span>

बेइजिङ

चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ । -सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्