नयाँ दिल्ली
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५ सय ७१ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाको सङ्ख्यामा पनि कमी आएको छ ।अघिल्लो दिन ५ सय ४० जनाको मृत्यु भएको थियो भने पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि १ सय ५१ दिन यताकै सवैभन्दा धेरै रहेको छ । अहिले भारतमा तीन लाख ६१ हजार ३ सय ४० जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो पनि अघिल्लो दिनको तुलनामा कम हो ।
अघिल्लो दिन भने सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या तीन लाख ६३ हजार ६ सय ५ रहेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि भारतमा अहिलेसम्म तीन करोड १५ लाख ९७ हजार ९ सय ८२ जना सङ्क्रमण मुक्त भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३६ हजार ३ सय ४७ जना सङ्क्रमण मुक्त भएका हुन ।
- एएनआई