विराटनगरमा इन्टरनेटको समस्याले हैरान भएका ग्राहकको अनुभुती

विराटनगरमा इन्टरनेटको समस्याले हैरान भएका ग्राहकको अनुभुती

विराटनगर

मैले विगत २ बर्ष अघि देखि क्लासिक टेकको ईन्टरनेट सेवा लिईरहेको छु। विगतमा पनि नेटमा समस्या हुदा छिटो समाधान हुदैन थियो । अहिले समय परिवर्तनशिल छ । सबै काम घरबाट नै हुने भएकोले ईन्टरनेट विना कुनै पनि काम हुन सक्दैन । छोराछोरी पढ्ने र आफ्नो कार्यालयको काम पनि सबै ईन्टरनेटको माध्ययामबाट नै हुन्छ । ईन्टरनेट सेवा प्रदायक जुनसुकैै कम्पनीले नागरिकका गुनासा चाँडो सुनुवाई गर्नुपर्ने अहिलेको बाध्यता हो ।

यदी सुनुवाई भएन भने नागरिकमा संस्थाप्रतिको दृष्टीकोण नै फरक पार्छ । क्लासिकटेक ईन्टरनेट प्रयोगकर्ताको रुपमा मैले कहिल्यै नेटमा नपाएको दुख बिगत ३ दिनको अबधिमा पाएको छु । हुन त यो सार्बजनिक नगरि फरक कम्पनीको सेवा लिए पनि हुने हो तर यो मेरो मात्र समस्या हैन यो धेरै नागरिकका गुनासाका पोका हुन् । पैसा लिने तर सेवा नदिने कम्पनीहरुको लापरवाहीको एउटा नमुना प्रस्तुत गर्दैछु ।

समस्याकोे सुरुवात:
मेरो ईन्टरनेटको समस्या जसरी आउँछ त्यसको समाधान सोही कम्पनीसँग जोडिएर आउँछ । यसअघि समस्या सूचित गरेको २ दिन भित्रमा सामान्यतया समाधान हुन्थ्यो । ईन्टरनेटको समस्या आएको धेरै पटक हो तर पछिल्लो समस्याले निक्कै आजित पारेको छ। मिति २०७८।५।८ गते बिहान ८ बजेबाट मैले प्रयोग गर्दे आएको नेटमा समस्या आयो।

मैले विराटनगरको सर्भिस केयर सेन्टरमा त्यही दिन दिउसो १२ः३७ मा गुनासो टिपाएँ । समस्याको बारेमा बेलीबिस्तार लगाएँ । २४ घण्टा भित्र समस्या समाधान हुने आश्वासन पाएँ । त्यसपछि भदौ ९ गते पुनः विहान ९ः३० बजे विराटनगरमा सर्भिस केयर सेन्टरमा पुनः कल गर्दा हामीले प्राबिधिक टिमलाई सूचना गरिसकेको र प्राथमिकतामा राखेको सूचना पाएँ। खुसी नै लाग्यो आज चै ईन्टरनेट बन्ने भयो भनेर घरमा सुनाएँ । छिट्टै समस्या समाधान हुने आश्वासन पाएँ। आश्वासन थुप्रै आएपछि त्यसको सुनुवाई बिहान ९ देखि दिउँसो ५ बजेसम्म ५ पटक फोन गरेँ तर समस्या ज्युका त्यूँ भयो । समाधान हुने आश्वासन चै पाएँ तर समाधान भएन। त्यस पछि बिराटनगरबाट बेवास्ता गर्न शुरु भयो। विराटनगर कल गर्दा केन्द्रिय कार्यालयमा फोन सम्पर्क गर्न थालेँ ।

केन्द्रीय कार्यालयले पनि बिराटनगरमा सूचना गरिदिने आश्वासन मात्र दियो । भदौ ८ गते विराटनगरमा दर्ता भएको गुनासो समाधान नभई समाधान भएको म्यासेज पठायो । समस्या समाधान भएको थिएन। पुनः भदौ ९ गते बेलुका ५ः२८ मा गुनासो दर्ता भएको तर पटक पटक कल गर्दा पनि समस्या समाधान भएन ।

समस्याको बारेमा बिराटनगर शाखाले कुनैपनि प्रतिक्रिया दिएको छैन । केन्दीय कार्यालयबाट ४८ घण्टामा समाधान हुने आश्वासन दिएको थियो । निरन्तर ईन्टरनेटको आबश्यकता पर्ने भएको कारण नागरिकका घरघरमा महँगो शुल्क तिरेर ईन्टरनेट जडान भएका छन् । तर यस प्रसङ्गबाट यस सस्थाको सेवामा नागरिकका विस्वास गुमेको छ । गत भदौ ८ गतेदेखि नपाएको ईन्टरनेट सेवा ११ गते दिउँसो मात्र पाएको छु। एउटा सेवाग्राहीको तर्फबाट यी निम्न प्रश्नहरु उब्जीएका छन् ।

१, गुनासो दर्ता भएको समाधान नै नगरी ग्राहकलाई सूचना नगरी किन समस्या समाधान भएको सूचित गरिन्छ?
२, बिराटनगरका कार्यरत कर्मचारी किन ग्राहकले गरेको फोन रिसिभ नगरी केन्द्रीय कार्यालय फर्डवार्ड गर्छन् ?
३, ग्राहकको सेवा अबरुद्ध भएको ३ हुँदा पनि नीजि क्षेत्रका ईन्टरनेट सेवा प्रदाययक संस्था क्लासिकटेक विराटनगर शाखा किन गैरजिम्मेवार हुन्छ?
४, केन्द्रीय कार्यालयले गरेको सुचनामा किन विराटनगर शाखा संवेदनशील हुदैन ?
५, यसरी वेवास्ता गरी सेवा अवरुद्ध हुदाको सेवाग्राहीको क्षतिपुर्ति कसले दिने ?
६, सेवा अबरुद्ध भएको र गुनासो दर्ता भएको १२ देखि २४ घण्टा भित्र समाधान हुने हो कि कम्पनीले आफु अनुकुल गर्ने हो ?
७, कल सर्भिस सेन्टरमा कर्मचारी परिबर्तन हुदा किन २ वटा कुरा आउछ ?
८, यस्तै गरी ग्राहकलाई वेवास्ता गर्ने हो भने ग्राहक कसरी संस्थाको सेवाको गुणस्तरमा विश्वास गर्न सक्छन् ?
९, यसरी संस्थाको शाखाबाट गैर जिम्मेवार कार्य गर्दा यस्ता ईन्टरनेट प्रदायक संस्थालाई कार्वाही किन नगर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्