अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने क्रिष्टियानो रोनाल्डो

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने क्रिष्टियानो रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आज बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन् ।

यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन् । आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो ।

पहिलो हाफबाटै अग्रता लिएको आयरल्याण्डमाथि पोर्चुगल निकै बलियो देखिएपनि गोल गर्न भने सकेको थिए । खेलको अन्त्यतिर ८९औं मिनेटमा रोनाल्डोले गरेको गोलबाट बराबरीमा फर्किएको पोर्चुगललाई अतिरिक्त समयमा पुनः अर्को गोल गर्दै रोनाल्डले जीत दिलाएका थिए ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्