प्रहरी हिरासतमा मृत्यु भएपछि विराटनगरमा आन्दोलन

प्रहरी हिरासतमा मृत्यु भएपछि विराटनगरमा आन्दोलन

प्रहरी हिरासतमा मृत्यु भएको भीम कामतको मृत्यु शंकास्पद भएको भन्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रहरीको हिरासतमा भएको समयमा मृत्यु हुनुले प्रहरीहरुले कुटपिट गरेर हत्या गरेको दाबी गर्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् । मृतकका भाई विरेन्द्र कामतले आवर विराटनगरसँग आईतबार कुरा गर्दै प्रहरी हिरासतमा रहेका व्यक्तिको दुवै खुटामा डोरीले बाँधेको निलडाम देखिएकाले प्रहरीले कुटपिट गरेकाले मृत्यु भएको दाबी गरेका थिए ।

उनी पक्राउ परेको समाचार यस्तो थियो 

केहि बेर अघि जिल्ला प्रशासन कार्यालय मोरंग अघि मृतकलाई न्याय दिन र दोषीलाई कारबाहिका लागि न्यायीक छानबिन गर्न माग गर्दै नाराबाजी भएको छ । प्रदर्शनकारीले टायर बालेर सवारी आवत जावतमा समेत रोक लगाएका छन् ।

उनको मृत्युबारे हिजो आईतबारको समाचार यस्तो थियो 

गत शुक्रबार गाँजासहित पक्राउ गरेर विराटनगर –११ का ३७ वर्षीय भीम कामतलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको थियो । उनको आइतबार मृत्यु भएको हो ।

उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारी गर्दा त्यही क्रममा बेहोस भएर ढलेका उनको उपचार गराउँदै गर्दा कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले आवर विराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्