‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित नेपाली बैंक

‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित नेपाली बैंक

मेरा अनन्य मीत्र आनन्दजीलाई नयाँ गाडी किन्नपर्यो, बिजुलीगाडी । अब कुन चाँही बैंकले सर्वाधिक धेरै विद्युत गाडीलाई ग्राहयता दिन्छ, कुन बैंकले ग्रीन ईनर्जीमा लगानी र प्रोत्साहन गर्दछ भनेंर म बिचाराधान थिएँ । नहोस् पनि कसरी ?

आनन्दजी र म त असाध्यै मिल्ने दाजुभाई हौं । अन्तत एउटा नेपाली बैंकले हरित उर्जामा खुलेर लगानी गर्ने गरेको पाँए, गर्न त अरु बैंकहरुले पनि गर्थे तर उक्त बैंकले चाँही बास्तवमा नै भ्यालुमा आधारित बैंकिंग गर्दै बिभिन्न प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्ने रहेछ र हरित उर्जा त्यसमध्यको एउटा क्षेत्र रहेछ ।

कोभिडपछि आएका अनेकन चुनौतीहरुमा जलवायु परिवर्तन अनि ग्रीन ईनर्जीका कुराहरु ओझेलमा परेको छ झैं लाग्दथ्यो । नलाग्नु पनि किन ? भ्याक्सिनका कुराहरु चर्चामा रहेका बेला, बाँच्नु र हाँस्नु नै सर्वाधिक महँगो भएको बेला जलवायु परिवर्तन र ग्रीन ईनर्जी तर्फ सबैको ध्यान नजान पनि सक्दछ, हैन र ?
तर फेरि नेपालको नै एउटा बैंकले भर्खरै हरित उर्जामालगानीका दृष्टिले एउटा अन्तराष्ट्रिय उपाधी पाएको खबर आएको छ ।

एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत 'ग्रीनडिल अफ द इयर २०२१’को उपाधिले सम्मानितभएको छ ।

अन्तर्राष्ट्रिय वित्तनिगम संग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ । अन्तर्राष्ट्रिय वित्तनिगम संग सम्झौता अन्तर्गत एनएमबि बैंकले ऋणद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ । एनएमबि बैंकले ग्रीनडिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रतिनिरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको हो ।

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखीग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ ।

अर्कोतर्फ एनएमबी बैंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहितकागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरण्ीयप्रभावलाई घटाउनको लागीपनि अग्रसर रहेको छ ।

बैंकले देशभरीका १ सय ८१ शाखाहरु, १ सय ३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चारबर्षमा तीनपटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

आजको पूजीवादी समाजमा सबैका सपनाछन्, सपना पुरा गर्न सबै जना एक टकले निस्केकाछन् । यस सपनाको होडवाजीमाआर्थिक सारथीभनेंको बैंक नै हुनेरहेछ, आखिर घर, गाडी, जग्गा, अफिस, तलब सबै कुराहरु बैंकमा नै आएर त ठोकिन्छ?

आफुले काम गरिरहेको बैंक नै समाजका लागि पनि उत्तरदायि भएर सहि ठाँउमा लगानी र टेवा पूर्याइरहेको सुन्नपाउनु पनि गज्जब लाग्ने रहेछ । एनएमबी बैकलाई हार्दिक बधाई ।

- सुयोग ढकाल
लेखक तथा शोधकर्ताः हाम्रो पात्रो
उद्यमी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्