संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिबानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाउनुभएको छ ।

उहाँले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाउनुभएको हो । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाउनुभएको हो ।

आइतबार उहाँले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाउनुभएको हो । उहाँले काबुलमा रहँदा तालिबानका नेताहरुसँग छलफल र परामर्श गर्नुहुने भएको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आउनुभएको हो र उहाँले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गर्नुभएको छ– महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाउनुभएको छ ।

उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उपमहासचिव ग्रिफिथले यहाँका तालिबान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिबान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उहाँले तालिबान नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

त्यस अवसरमा तालिबानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए ।
उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिबानहरु सजग रहेको बताएका थिए ।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्