विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ्ग |

कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गर्नुभएको हो । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभएको थियो, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ । प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न सकियो भनेमात्र विश्व समुदायले यो महामारीबाट मुक्ति पाउन सम्भव हुनेछ भन्नुभएको समाचारमा जनाइएको छ ।

हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उहाँको सो धारणा आएको हो । प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राख्नुभएको थियो ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्