भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २ सय २२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६ सय ८८ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी एक दिनमा ४२ हजार ९ सय ४२ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् ।

कोरोना शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २२ लाख २४ हजार ९ सय ३७ जना यस रोगबाट मुक्त भएका सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ ।

पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हँुदै आएको छ । त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा पनि बृद्धि भएको छ । मङ्गलबार प्राप्त समाचारअनुसार हाल भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या तीन लाख ९२ हजार ८ सय ६४ जना छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४१ हजार ४२ जनाको मृत्यु भएको छ भने तीमध्ये २ सय ९० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्