कामत मृत्यु प्रकरण : विराटनगरमा आज पनि प्रदर्शन र विरोध (तस्वीरसहित)

कामत मृत्यु प्रकरण : विराटनगरमा आज पनि प्रदर्शन र विरोध (तस्वीरसहित)

विराटनगर । विराटनगर–११ का भिम कामतका जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको विरोधमा मंगलबार पनि विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । गत शुक्रबार साढे तीन केजी गाँजासहित आफ्नै होटलबाट पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । आफन्तले मृत्युको कारण प्रहरी यातना रहेको बताउँदै न्यायका लागि भन्दै आन्दोलन गरिरहेका छन् ।

घटनाको छानबीन गर्न मागगर्दै सोमबार विराटनगरमा प्रर्दशन गरिएको थियो । मंगलबार समेत मुख्य राजमार्ग बन्द गरेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफन्त तथा आक्रोशितले महेन्द्रचौकदेखि बिजुली अफिससम्मका चौकहरुमा टायर बालेर विरोध गरेका हुन् ।
विराटनगर ११ का भिम कामतलाई प्रहरीले भदौ १८ गते साढे ३ किलो गाँजा तथा १ लाख २२ हजार बढी नगदसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनको भदौ २० गते दिउँसो मृत्यू भएको थियो । प्रहरीले विराटनगरको कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको बताएको छ ।

लागुऔषधका प्रयोगकर्ता उनी कारोबारी समेत रहेको खुलेपछि प्रहरीले लामो निगरानीपछि उनलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणपछि अनुसन्धानका लागि म्याद थप्न अदालत लैजानु अगाडी नै कामतको मृत्यु भएको थियो । आफन्तले प्रहरीले बयानका लागि यातना दिदाँ उनको मृत्यु भएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्