क्यानाडाका प्रधानमन्त्रीमाथि प्रदर्शनकारीद्वारा ढुंगा प्रहार

क्यानाडाका प्रधानमन्त्रीमाथि प्रदर्शनकारीद्वारा ढुंगा प्रहार

क्यानाडा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लक्षित गरि प्रदर्शनकारीद्वारा ढुंगा प्रहार गरिएको छ। सोमबार ओन्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्रमणबाट फर्केर बस चढ्दै गर्दा टुडोमाथि ढुंगा प्रहार भएको हो । तर उनलाई कुनै चोट भने लागेको छैन ।

उनले आफ्नो काँधमा एउटा ढुंगा लागेको तर चोट नलागेको बताएका छन् । क्यानाडाको सीटीवी नेसनल न्यूजका अनुसार मिडियाको गाडीमा सवार रहेका दुई व्यक्तिहरुलाई पनि ढुंगाले लागेको छ।

ट्रुडोले गत अगष्टमा क्यानाडामा मध्यावधि चुनावको घोषणा थिए । तर कोभिड खोप अनिर्वाय गरिएको तथा अन्य प्रतिवन्धहरुलाई लिएर उनको विरोध भइरहेको थियो । उनको चुनाव प्रचारका क्रममा पनि विरोध प्रदर्शनहरु भएका छन् ।

एक हप्ता अगाडि ट्रुडोले विरोधिहरुको घुसपैठ भएको भन्दै आफ्नो एउटा चुनावी सभा स्थगित गर्नुपरेको थियो जसकारण उनले प्रदर्शनकारीहरुको व्यवहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।
-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्