मेक्सिकोमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मेक्सिकोमा  ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अकापुल्को, मेक्सिको

मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस भूकम्पको कारण कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ ।

कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताउनु भएको छ ।

भूकम्प गएको अवस्थामा राजधानीबाट सयौँ किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको यहाँ राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत यहाँ धेरै विनाशको कुनै समाचार नभएको बताउनु भएको छ ।

केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताउनुभो । कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन् ।
– एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्