स्टार प्लस टु मा ओरिएनटेसन सम्पन्न

स्टार प्लस टु मा ओरिएनटेसन सम्पन्न

विराटनगर । बिराटनगर १३ मा अवस्थित स्टार कलेजले आफ्नो कलेजमा आएका नव आगन्तुक बिद्यार्थीका लागि ओरिएनटेसन सम्पन्न गरेको छ । स्टार उच्च मा बि मा आयोजित उक्त कार्यक्रममा बिद्यार्थी कलेज का प्राध्यापक ब्यबस्थापक लगायत को सहभागिता रहेको थियो ।

कलेजका कोअर्डिनेटर भास्कर भट्टराई द्वारा स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा डाक्टर उद्धब पोखरेल , डाक्टर कमलेश्वर यादब , प्राध्यापक तारानन्द यादब ,मुनु पोखरेल , कलेजका प्रधानाध्यापक सबिन्द्र भण्डारी लगायत ब्यक्तित्वहरुले शिक्षा ले जीवनमा पार्ने प्रभाव र कक्षा दस पछि बिद्यार्थीले गर्नु पर्ने मेहेनत लगायतका बिषयमा जानकारी दिनु भएको थियो ।

कलेज तथा अध्यन गर्नुपर्ने बिषयका बारेमा कलेजका प्राध्यापक तथा ब्यबस्थापक द्वारा जानकारी दिएको थियो । स्टार कलेजले सबैका लागि शिक्षा भन्ने उदेश्य लिएर सस्तो तथा सर्वसुलभ दरमा शिक्षा प्रदान गरि रहेको छ । ब्यबस्थापन तथा शिक्षा शास्त्र सन्कायमा कक्षा ११ र १२ अध्यापन गराउने कलेज को आफ्नै भौतिक पुर्वाधार रहेको र शान्त तथा सौहाद्रपुर्ण वातावरणमा अध्यन अध्यापन गराइने कलेजलाई आगामी दिनमा सबैको रोजाइको कलेज बनाउने उदेश्य रहेको साथै एकै पटक शुल्क तिर्न गार्हो हुने बिद्यार्थीका लागि दैनिक रुपमा थोरै पैसा सहकारी मा जम्मा गरेर पढ्ने बाताबरण मिलाएका कारण कलेज बिद्यार्थीको रोजाइ मा पर्न थालेको कलेजका संचालक सुभाष भण्डारीले जानकारी दिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्