विद्युत समस्या समाधान गर्न संगठनद्धारा प्राधिकरणको ध्यानाकर्षण

विद्युत समस्या समाधान गर्न संगठनद्धारा प्राधिकरणको ध्यानाकर्षण

विराटनगर । उद्योग संगठन मोरङ उद्योग व्यवसाय क्ष्ँेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्याका साथै विद्युतसंग सम्वन्धित अन्य नीतिगत समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

आज नेपाल विद्युत प्राधिकरण प्रदेश नं. १ ले आयोजना गरेको छलफल कार्यक्रममा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले सदस्य उद्योग प्रतिष्ठानहरुका विद्युतसंग सम्वन्धित समस्या प्रस्तुत गर्दै विद्युतको अनिमित आपूर्तिलाई सहज बनाउन माग गर्नु भएको हो ।
उद्योग प्रतिष्ठानहरुको उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रँस आएको, मिल मेशिनेरीहरुमा वारम्वार समस्या आई संचालन खर्च वृद्धि हुनुका साथै प्रतिष्पर्धात्मक क्ष्ँमता नै हस आईरहेकाले विद्युतसंग सम्वन्धित नीतिगत र कार्यान्वयनतहका निम्न सुझावहरु प्रस्तुतहरु प्रस्तुत गरी समाधानका लागि अनुरोध गर्नु भएको थियो ।

सानो झरी, बर्षा, हावामा समेत संरचना भत्कन गई अत्यधिक पावर कट तथा ट्रिपिङ भईदिनाले मेशिन औजार बिग्रिने, उत्पादन प्रकृया रोकिनुका साथै जेनेरेटरमा भरपर्नुपर्दा उत्पादन लागत वढन गएकाले यसको स्थाई समाधान खोज्नु पर्ने । विशेष गरी कटहरी क्षेत्रका उद्योगहरु प्रतिष्ठानहरु विद्युतको संचरनागत सुधारको अभावले वढी प्रताडित भएकाले त्यस क्षेत्रको समस्यालाई यथाशिघ्र समाधान गरिनु पर्ने माग गरिएको छ ।

कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत प्राधिकरणको प्रशारण लाइनमा पठाई बिक्रि गर्ने व्यवस्था लागु हुन नसक्दा वोईलर प्लान्ट संचालनको खर्च वृद्धि हुनुका साथै विद्युत समेत खेर गएको हुदा विद्युत धेरै भएको समय बिक्रि गर्न र अपुग हुदाँ खरिद गर्न सक्ने प्रावधान भएतापनि कार्यान्वयनलाई सरल र सहज गरिनुपर्ने अध्यक्ष प्याकुरेलले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्