सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा विराटनगरका बस्नेतले पाए सफाई

<span class='c1'>सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा</span> <span class='c2'>विराटनगरका बस्नेतले पाए सफाई</span>

विराटनगर।

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले सम्पत्ति शुद्धीकरण सम्बधी मुद्दामा सफाइ पाएका छन् । उनलाई बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले सफाइ दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेत लगायत अन्य ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा विभागले मुद्दा चलाएको थियो ।

बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि नै विशेष अदालतबाट पनि सफाइ पाएका थिए । विशेष अदालतले बस्नेतको हकमा दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

सो आदेशपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले पनि विशेष अदालतकै आदेशलाई सदर गरेको हो। त्यतिबेला बस्नेत एमाले निकट युवा संघमा आबद्ध थिए । अहिले उनी खेलकुद महासंघ र माेरङकाे एमाले राजनीतिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्