क्विकर फुडले दोश्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदैं

क्विकर फुडले दोश्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि  मनाउदैं

विराटनगर।

आकृति रानी फुयल|

विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साहजनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मनाएको संचालक सरोज लम्सालले जानकारी दिए ।

प्रत्येक वर्षको भाद्र २६ गते आफ्नो वार्षिकोत्सव मनाउदै आएको क्विकर फुडले यस वर्ष पनि ग्राहकहरुलाई अनेकौ अफर तथा छुटहरुको व्यवस्था गरेको छ।
दोश्रो वार्षिकोत्सवको अवसरमा क्विकरले हिजो आफ्ना कर्मचारीहरुलाई लक्षित गरि जिल्ला ट्राफिक प्रहरी मोरंग संग समन्वय गरि एकदिने ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा ३० जनाले सहभागिता जनाएका थिए भने उक्त कार्यक्रमलाई सहजीकरण भने ट्राफिक प्रहरी कार्यालय मोरंग प्रमुख इन्स्पेक्टर चन्द्र खड्का र सब इन्स्पेक्टर शिव शर्मा धिमालले गरेका थिए।

विराटनगरका विभिन्न रेस्टुरेन्ट र बेकरीका स्वादिष्ट परिकारहरु विगत दुईवर्ष देखि डेलिवरी गर्दै आएको क्विकरफुडले कोरोना भाईरस महामारीको कारण भएको लकडाउनको समययता फलफुल, तरकारी, दुग्ध सामाग्रीका साथै दैनिक खाद्यवस्तु समेत सुरक्षित रुपमा डेलिवरी गर्दै आएका क्विकरका डेलिभरी कर्मचारीहरुलाई प्रोत्शाहन स्वरुप आकर्षक उपहारका साथै कदरपत्र समेत प्रदान गरेको संचालक लम्सालले बताए ।

साथै वार्षिकोत्सवको अवसरमा क्विकर फुडका संचालक सरोज लम्सालले छिट्टै नै आफुहरुले क्लाउड किचेन संचालन गर्ने घोषणा समेत गरेका छन्। त्यसैगरी क्विकरसंग जोडिएर ग्राहकहरुलाई उत्कृष्ट सेवा दिन सफल भएका ३ वटा रेष्टुरेन्टहरुलाई विभिन्न विधा अन्तर्गत 'टप सेलिङ्ग रेस्टुरेन्ट' - "पिज फायर '', 'बेस्ट सर्विस रेस्टुरेन्ट'- ''बिएफएम आएशा मम'', त्यसैगरी 'बेस्ट रिलायबल रेस्टुरेन्ट'- ''रंगुज मम हट'' लाई प्रशंशा पत्रका साथै मायाको चिनो प्रदान गरिएको उनले बताए।

यस अवसरमा क्विकर फुडले भायानेट कम्युनिकेसन, हुलास फुड्स, डिभाईन वाईन, एनआईसी एशिया बैंक, जीवन विकास डेरी, औरा सेफ, म्याग्ना बियर, टुबोर्ग बियर, एसेसोरिज पसल, माला बिड्स, खल्ती, कोकाकोला, फुडग्रेन्स जस्ता देशकै बहुप्रतिष्ठित ब्रान्डहरुसँग सहकार्य गरिरहेको उनले जानकारी दिए ।

यस अवसरको मुख्य आकर्षण मेगा गीभअवे अन्तर्गत एक जना भाग्यसाली ग्राहकले एक वर्षको भायानेट ईन्टरनेट प्याकेज प्राप्त गर्नेछन् भने क्विकर फुड मार्फत वर्षभरी सित्तैमा अर्डर गर्न सक्ने सुविधा पाउनेछन् । साथै अन्य सहयोगी ब्रान्डहरुका सामाग्री खरिदमा छुट तथा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ।

वार्षिकोत्सवका अफरहरुमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले प्लेस्टोर तथा एप्पल मोबाईल प्रयोगकर्ताले एप स्टोरबाट क्विकरफुडको मोबाईल एप डाउनलोड गरेर आफुलाई मन परेका खाद्य सामाग्री अर्डर गरि सहभागी हुन सक्नेछन् । साथै अफर सम्बन्धी जानकारीहरु क्विकरफुडको फेसबुक तथा ईन्स्टाग्राममा जोडिएर पनि लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्