भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप २८ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली।

भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५ सय ९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारी अनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४ सय ८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् ।

पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ३६ हजार ३ सय ३० पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८४ हजार ९ सय २१ रहेको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ६ सय ५५ पुगेको छ । तीमध्ये ३ सय ३८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सोही अवधिमा ३४ हजार ८ सय ८४ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २४ लाख नौ हजार ८ सय ४८ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।
– एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्