विराटनगर रानी क्षेत्रमा एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शन

विराटनगर रानी क्षेत्रमा एमसीसी परियोजना विरुद्ध विरोध प्रदर्शन

विराटनगर । स्वतन्त्र युवा समूहको आयोजनामा आज बिराटनगर रानी भन्सार नजिक एमसीसी खारेजको माग राख्दै बिरोध प्रदर्शन गरिएको छ । विभिन्न प्लेकार्डमा ‘एमसीसी चाहिदैन देश बेच्न पाईदैन, राष्ट्रघाती होसियार, बिदेशी दलालहरु होसियार, देश भरिका सम्पूर्ण राष्ट्रवादी युवाहरु एक हौं’ जस्ता नारा समेत लगाइएको हो ।

उक्त कार्यक्रम सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै युवा समूहका अध्यक्ष हमिद आजादले नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक रहेकोले उपनिवेश लाद्ने परियोजना आवश्यक नरहेको बताउनु भएको थियो । सार्वभौम सत्ता सम्पन्न मुलुकले एमसीसी दवावको रुपमा स्वीकार गर्न नमिल्ने भनाई थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा लगायत स्वतन्त्र युवा हरु को पनि उल्लेखनीय सहभागिता थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्