विराटनगरमा काँग्रेस वडा अधिवेशनको प्रचारमा आम चुनावको झल्को

विराटनगरमा काँग्रेस वडा अधिवेशनको प्रचारमा आम चुनावको झल्को

विराटनगर । विराटनगर–३ राजबंशी टोलमा मंगलबार बिहान ‘नेपाली काँग्रेस जिन्दावाद–जिन्दावाद !!’ नारा घन्काउँदै घरदैलो कार्यक्रम भईरहेको थियो । नेपाली काँग्रेसको वडा अधिवेशन हुन बाँकी रहेका २० जिल्लामध्ये मोरङ पनि पेचिलो भएकै कारण स्थगित भएपछि अहिले निर्वाचनको माहौल तातेको हो ।

मोरङको पनि, विराटनगरमा नेपाली काँग्रेसको महाधिवेशनको टकराव बढ्दै जाँदा आम चुनावको भाकामा उमेदवारहरुले घरदैलो सुरु गरेका हुन् । आगामी असोज ५ गते हुने वडा अधिवेशनमा क्रियाशिल सदस्यले वडाको नेतृत्व, बुथ सभापति, क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् ।
यी पदका आकांक्षी क्रियाशिल सदस्यको घरमा प्यानलसहित पुगेर आफूहरुलाई निर्वाचित गराउन मत माग्न थालेका हुन् । यसमा पनि विराटनगर–३ मा नेपाली काँग्रेसको वडा अधिवेशन मेयर पराजुली भर्सेज समूहमा केन्द्रीत भएपछि झन् टकरावको शैलीमा प्रचार अभियान थालिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नै वडाका अध्यक्ष बिनोद बस्नेतलाई यो कार्यकाल अवधीभरनै ‘बाईपास’ गरेपछि त्यसको हिसाब–किताब वडा अधिवेशनबाट खोज्ने तयारीका साथ वडा अधिवेशनको माहौल तातेको छ ।
निर्वाचित क्षेत्रीय प्रतिनिधिले महानगर, क्षेत्र, जिल्लाको नेतृत्व र महाधिवेशन प्रतिनिधिलाई मतदान गर्ने भएपछि वडा सभापति कै धुनमा क्षेत्रीय प्रतिनिधिलाई समेत निर्वाचन लागेको छ । माथिल्लो तहलाई समेत प्रभाव पार्ने भएपछि क्षेत्रीय प्रतिनिधिका लागि समेत नेतृत्वको लविङ सुरु भएको छ ।

मतदाता भेट्नु पर्ने र लविङ गर्नुपर्ने कुरा सामान्य भएपनि सडकमै नारा लगाएर आफ्नै भित्रको प्रतिस्प्रर्धामा अर्काे समूहलाई निस्तेज गर्ने शैलीसँगै, पार्टीको महाधिवेशन प्रचारले आम निर्वाचनको झल्को दिएको छ । झण्डा र प्लेकार्डसहित उमेद्वारको समूह र समर्थकहरुले क्रियाशिल सदस्यको घरमा पुगेर मत माग्न थालेका हुन् ।
क्रियाशिलबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको मतदानले महानगरको नेतृत्वमा आउनु पर्ने भएपछि नगर सभापतिका उमेद्वार भने ‘वेट एण्ड सी’स्थितिमा रहेका छन् । विराटनगरमा नगरसभापतिको बढी चर्चा पाएका कार्यवहाक सभापति अरुण न्यौपाने विवादित खोप प्रकरणमा जोडिएपछि एकाएक बाँकी उमेद्वारको पल्ला किचिएको छ । नगरसभापतिमा सन्तोष न्यौपाने, कृष्ण कार्की, दिपक चापागाँई र प्रकाश दाहाल आकांक्षी हुन् । यस अगाडीसम्म उनीहरुलाई आकांक्षी मात्रै मानिएपनि पछिल्लो समय यिनीहरुबाटै नगरसभापति निर्वाचित हुने आकंलन गरिएको हो ।

पछिल्लो समय विराटनगर महानगरपालिका भित्रको ३ नम्बर र ५ नम्बर वडामा सबैभन्दा बढी निर्वाचन लागेको छ । यी दुई वडामा मेयर भर्सेजको समूहले निर्वाचनलाई निक्कै धक्कामूलक ढंगबाट प्रचार गरिरहेको हो । आन्तरिक निर्वाचनको गतिलाई अनुसाशित ढंगबाट लिइएको छु, नगरसभापतिका उमेद्वार दिपक चापागाँईले भन्नुभयो–भरोसा गरेर वडाको अधिवेशन तयारी नियालिरहेको छु । अर्का सभापतिका उमेद्वार सन्तोष न्यौपानेले ६ नम्बर क्षेत्र भित्रबाट आफू एकजना मात्रै उमेद्वार रहेकोले नगरसभापतिमा बाजी मार्ने बताउनुभयो । सालिन स्वभावका न्यौपाने विराटनगर कार्यक्षेत्रमा नेपाली काँग्रेसलाई योगदान गरेका यूवामा गनिन्छन् । यसैगरी अर्का आकांक्षी तथा नेपाली काँग्रेस भन्दा बाहिरबाट समेत नजर लगाइएका युवा कृष्ण कार्की परिस्थिति फेरिएकोले आफू सभापति हुनेमा ढुक्क रहेको बताउनुहुन्छ । महानगरका मेयर बाहेक अन्य कुनैपनि नेतृत्वले कसैलाई समर्थन गरिसक्या अवस्था हैन, कार्कीले भन्नुभयो–क्रियाशिलबाट निर्वाचित भएकाहरु मतदाता हुने भएपछि व्यक्तिको मूल्यांकन हुनेछ ।

विराटनगर महानगरपालिका भित्र ७५० जनाको हाराहारीमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । विराटनगर–३ वडा उपसभापतिका उमेदवार टंक खतिवडाले पार्टीको अधिवेशन निक्कै मज्जाले लागिरहेको बताउनुभयो । उहाँले काँग्रेसलाई वडामै बलियो राख्नका लागि आफ्नो उमेद्वारी दिइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्