विराटनगर–१८ बाट नौ केजी गाँजा बरामद

विराटनगर–१८ बाट नौ केजी गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको प्रहरी टोलिले विराटनगरबाट ९ किलो गाँजा र मोटरसाइकल बरामद गरेको छ । विराटनगर महानगरपालिका–१८ बाट ९ किलो गाँजा र गाँजा तस्करीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको हो ।

विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्न खोज्दा सवार भागेपछि मोटरसाइकल खानतलास गर्दा गाँजा बरामद गरिएको थियो । जेब्रा झोलाभित्र ९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनुभयो ।

गाँजा र मोटरसाइकल बरामद गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । गाँजा र मोटरसाइकल छाडेर फरार बनेकाको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको जानकारी एसपी पौडेलले दिनुभयो । सशस्त्र प्रहरीले लागुऔषध गाँजा नेपालबाट भारततिर तस्करी गरेर लैजान खोजिएको हुनसक्ने जनाएको छ । प्रहरीले सोमबार गाँजा र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्