राष्ट्रिय बाल दिवसमा राउण्ड टेबलको कार्यक्रम देशैभरि

<span class='c1'>राष्ट्रिय बाल दिवसमा राउण्ड</span> <span class='c2'>टेबलको कार्यक्रम देशैभरि</span>

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा राउण्ड टेबल नेपालले देशभरि विभिन्न कार्यक्रम गरेको छ । राउण्ड टेबलले विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ ।

दिवसकै अवसरमा विद्यार्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाले जानकारी दिनुभयो । प्रदेश–१ को धरान, रंगेली, निमुवासहित काठमाडौं, भैरहवा, वीरगञ्ज, चितवन, धनगढीलगायतका स्थानमा बालदिवसका अवसरमा खेलकुद प्रतियोगिता, चित्रकला प्रतियोगिताका साथै स्टेशनरी सामग्री र खाजा वितरण गरेको साहेवालाले जानकारी दिनुभयो । राउण्ड टेबलका विभिन्न टेबलरहरुको सहभागिता रहेको कार्यक्रममा प्रतियोगिताका विजयीहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । राउण्ड टेबल नेपालले विभिन्न विद्यालयको संरक्षण गर्दै आएको छ । राउण्ड टेबलले खानेपानी लगायतको व्यवस्थासहित विद्यालयको सौन्दर्यतामा जोड दिदै विद्यालयको नयाँ भवनसमेत निर्माण गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्