निजी विद्यालय धरापमा बनाउन लागे : अध्यक्ष पुरी

निजी विद्यालय धरापमा बनाउन लागे : अध्यक्ष पुरी

विराटनगर । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियन्ता भन्नेहरूले निजी विद्यालयहरू धरापमा बनाउन लागि परेको आरोप लगाउनु भएको छ । प्याब्सन महानगर समिति विराटनगरको बिहीबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियना भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धरापमा बनाउन लागि परेका बताउनु भएको हो ।

‘न कुनै सेवामा छन् । न बस्तु उत्पादन गर्दछन् । डुलेर हिडछन् । चन्दाको भरमा हाम्रो पैसा खान्छन् । हाम्रै विरोध गर्दै हिडेका छन् । अब यस्ता आफुलाई शैक्षिक अभियन्ता भन्नेहरूको हामीले विरोध गरिनुपर्नेछ,’ प्याब्सन अध्यक्ष पुरीले भन्नुभयोे, ‘कुनै सरोकारनै नभएका व्यक्तिहरू आफुलाई अभियन्ता भन्नेहरू छन्, जसले निजी विद्यालय धरापमा बनाउन सुनियोजित रूपमा लागि परेका छन् ।
अध्यक्ष पुरीले स्थानीय सरकारलाई र जनप्रतिनधीलाई शिक्षा नीति निर्माणमा सहजता प्रदान गराउन महानगर प्याब्सन पनि लाग्नुपर्ने बताउनुभयो । नगर जिल्ला हुदै प्रदेश प्याब्सनको अधिवेशन पनि हुँदै केन्द्रीय अधिवेशन पनि क्रमशः मंसिरमा जिल्ला र पुसमा प्रदेश प्याब्सनको अधिवेशन भइ नयाँ नेतृत्व चयन हुदै जाने जानकारी गराउनुभयो ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय सचिब राजेश कुमार दास, प्याब्सनको सल्लाहाकार डा. उद्धब पोखरेल, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहार, विराटनगर प्याब्सनका अध्यक्ष इन्द्र राई, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदम सरदार नगदसति सम्मान गरिएको थियो । प्याब्सन विराटनगरले सरदारलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सरदारलाई सम्मान गरेको सचिब अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्