प्याब्सन विराटनगर अध्यक्षमा बुढाथोकी

प्याब्सन विराटनगर अध्यक्षमा बुढाथोकी

विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनु भएको छ । विराटनगरमा बिहीबार साँझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकी ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी शिव अधिकारीले २४ मत मात्र प्राप्त गर्नुभएको हो ।

अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत रूपमा विराटनगर प्याब्सनमा नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अन्तिम अवस्थामा आएर निर्वाचन भएको थियो । प्याब्सन नगर समिति विराटनगरमा ५६ जना निजी विद्यालयहरू आवद्ध रहेकोमा एउटा स्कूलका प्रतिनिधि उपस्थित भएका थिएनन्। निर्वाचनमा जम्मा ५५ मत खसेको थियो ।

समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा अशोक लामा, सह–सचिव हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन् । सदस्यहरूमा यादव प्रधान, चिरनजिवी तिम्सिना, देवीलाल महतो, सीमा अग्रवाल, दिनेश ढुंङ्गाना चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्