ट्रिपरको ठक्करबाट दुहबीमा एक बालिकाको मृत्यु

<span class='c1'>ट्रिपरको ठक्करबाट दुहबीमा एक</span> <span class='c2'> बालिकाको मृत्यु</span>

विराटनगर।

सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत पश्चिम बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् ।

बालिकालाई हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिपरले ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रिपर र चालक धनकुटा सहिद भुमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।
साथै घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्