नेकपा पार्टी कार्यालयमा सरसफाई तथा बोटविरुवा रङरोगन

<span class='c1'>नेकपा पार्टी कार्यालयमा सरसफाई</span> <span class='c2'>तथा बोटविरुवा रङरोगन</span>

विराटनगर । विराटनगर–११ स्थित नेकपा एमाले पार्टी कार्यालयमा मदन भण्डारी स्पोर्टस एकेडेमीले सरसफाई तथा बोटविरुवा रङरोगन गरेको छ ।

शुक्रबार ‘हाम्रो समाज हाम्रो दायित्व अभियान’ को तेश्रो हप्ताको कार्यक्रम अन्तर्गत एकेडेमीले सरसफाई तथा रङरोगन गरेको हो । एकेडेमी विगत ३ हप्तादेखि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत हप्ता बालदिवसको अवसर पारेर एकेडेमीले विराटनगरस्थित जनपथ माविमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।

शुक्रबारको कार्यक्रममा भने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, महानगर अध्यक्ष सागर थापा, पार्टी नेता रुपेश खतिवडा, स्पोर्टस एकेडेमी प्रदेश सदस्य रोहित कोईराला, जिल्ला सचिव सन्दिप पोखरेल, स्पोर्टस एकेडेमीका महानगर अध्यक्ष विज्ञान शर्मा, वडा नं. ५ का अध्यक्ष मीनकुमार आचार्य र महानगर सचिव राम पोखरेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्