सुनसरी–मोरङ औद्योगिक करिडोरमा विधि पुरा गर्दै मनाईयो विश्वकर्मा पुजा

सुनसरी–मोरङ औद्योगिक करिडोरमा विधि पुरा गर्दै मनाईयो विश्वकर्मा पुजा

विराटनगर । आज विश्वकर्मा पुुजा देशभरका उद्योगधन्दा कलकारखानाका मेशिन तथा प्रविधिको पुजाआजा गरि मनाईँदै छ ।

सवारी साधन तथा मेशिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस भनेर मेसिनको पुजा गर्ने प्रचलन रहेको हो ।

बिशेष गरि धातुबाट निर्मित मजदुुरहरुले चलाउने यन्त्र तथा उपकरणको पूजाअर्चना गरि हरेक वर्षको असोज १ गतेका दिन विश्वकर्मा पुजा धुमधामका साथ मनाईने गरिन्छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’बनाई भगवान श्री कृष्णलाई लुकाएको धार्मिक विश्वासका आधारमा विश्वकर्मा पुजा मनाईँदै आईएको हो ।

एकै रातमा समुद्रकाबिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा परिभाषित त्यसै समयदेखि पुजाआजा गर्ने प्रचलन रही आएको धर्मशास्त्रविद्हरु बताउँछन् । आजको दिनलाई वास्तुशास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्दछन् ।

बिशेषतः उद्योगी व्यावसायी र श्रमिक तथा मजदुर वर्गमा विश्वकर्मा पुजाको बिशेष महत्व हुन्छ । तर, कोभिड महामारीका कारण यसपटक पनि सुनसरी मोरङ औधोगिक कोरिडोरका उद्योगधन्दा तथा कलकारखानाहरुले विश्वकर्मा पुजा सामान्य रुपमै मनाएका छन् । विगत झैं हर्षोल्लासका साथ पुजाआजा गर्ने अवस्था नरहेकाले यसपटक पनि परम्परालाई निरन्तरता दिन विधिमात्र पु¥याएर विश्वकर्र्मा पुजा मनाईएको उनीहरुले बताएका छन् । उद्योगका श्रमिक, मजदुर तथा कार्यालयका आन्तरिक कर्मचारीहरु मात्रको सहभागितामा यसपटक विश्वकर्मा पुजा मनाईएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेन्द्र राउतले बताए । ‘पछिल्लो २ वर्षयता विश्वकर्मा पुजाको रौैनकमा कमी आएको छ । विगत जस्तो उत्साह छैन,’उनले भने, ‘यसपटक पनि हामीले विधिमात्र पु¥याएका छौं । उद्योगबाहिरका अरु कसैलाई निमन्त्रणा पठाएका छैनौं ।’

कोभिडका कारण विगत जस्तो धुमधामका साथ पुजाआजा गर्ने अवस्था नभएपछि यसपटक मुर्तिकारहरुको व्यापारको रौनकता समेत गुमेको छ । कोभिड महामारीका कारण विगत जस्तो मुर्ति स्थापना गरेर भव्यताका साथ पुजाआजा गर्ने अवस्था नभएपछि मुुर्तिकारहरुको व्यापार समेत संकटमा परेको हो । कोभिडका कारण मन्दिरमा भिडभाड तथा मेला तथा उत्सव आयोजनामा लगाईएको सरकारी प्रतिबन्धका कारण आफुले बनाएको मुर्ति बिक्री नभएपछि बहुसंख्यक मुर्तिकारहरु यसपटक फुसर्दमा बसेका छन् ।

कोभिडकै कारण प्रशासनले हरेक किसिमको मठमन्दिर, शक्तिपीठ तथा पन्डाल लगायतकाधार्मिक स्थलहरुमाहुने सामुहिक भेला र पुजापाठमा रोक लगाएपछि मुर्तिकारहरुको व्यापार प्रभावित बनेको उनीहरुले बताएका छन् । चाडपर्व बिशेषमा आफ्नो कला बेचेर गुजारा चलाउँदै आएका उनीहरुको यसवर्षको व्यापारले पनि सतह छोएको विराटनगरका मुर्तिकार सञ्जित महतोले बताए । सामान्य अवस्थामा विश्वकर्मा पुजाको अवसर पारेर प्रत्येक वर्ष ३ दर्जन बढी मुर्तिहरु बिक्री गर्दै आएका उनले यसपटक व्यापार सतहमा आएको जानकारी दिए ।

विश्वकर्मा पुजाको अवसर पारेर मुर्तिकारहरुले प्रत्येक वर्ष न्युनतम ५ सय देखि ५ हजारसम्मको सिमेन्टका मुर्ति बनाएर बिक्रीगर्ने गर्दथे । हप्तादिन अघिदेखि नै अर्डर आउँथ्यो । तर, कोभिडको जोखिमलाई दृष्टिगत गर्दै सरकारले लगाएको प्रतिबन्धका कारण मुर्तिकारहरुको व्यापार डुबेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्