भारतमा ३४ हजार ४सय ३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण

<span class='c1'>भारतमा ३४ हजार ४सय ३</span> <span class='c2'>जना थप व्यक्तिमा कोरोना सङ्क्रमण</span>

नयाँदिल्ली।

गत २४ घण्टामा भारतमा ३४ हजार ४ सय ३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७ सय २८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३ सय २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना सङ्क्रमणबाट चार लाख ४४ हजार २ सय ४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ । हालका दिनहरुमा कोरोना सङ्क्रमण र मृत्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९ सय ५० जना कोरोना मुक्त भएका छन् । कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४ सय २४ जना कोरोना मुक्त भएका छन् ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्