लायन्स तथा लियो क्लब अफ विराटनगर ‘गोग्राह’ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>लायन्स तथा लियो क्लब अफ विराटनगर</span> <span class='c2'>‘गोग्राह’ द्वारा रक्तदान कार्यक्रम सम्पन्न</span>

विराटनगर।

लायन्स जिल्ला ३२५ ए वान अन्तर्गतको लायन्स तथा लियो क्लब अफ विराटनगर 'गोग्राह' ले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले विराटनगर ४ स्थित इक्राहि चोक र सुनसरी स्थित दुहबी १२ बुगडहरिमा रहेको केशलिया इङ्ग्लिश स्कुलमा सो रक्तदान कार्यक्रम आयोजना गरेको लियो क्लब अफ विराटनगर 'गोग्राह'का वर्तमान अध्यक्ष एलिस कट्टेलले बताए।

अहिलेको महामारीको समयमा देखिएको रगत अभावलाई केहि हद सम्म भएपनि कम गर्ने प्रयासमा आफ्नो क्लबले चालेको कदमलाई नेपाल रेडक्रस सोसाइटी विराटनगरले समन्वय गरि आफुहरुलाई सहजीकरण गर्न मद्दत गरेको कट्टेलले जानकारी दिए।

कार्यक्रममा लायन्स क्लब अफ विराटनगर गोग्राहका वर्तमान अध्यक्ष लायन कृष्ण गौतम लगायत अन्य लायन्स तथा लियो पदाधिकारीहरुको उपस्थिति रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्