विराटनगरमा ‘नेल आर्ट’ संचालन, दिपक-दिपाले गरे उद्घाटन

विराटनगरमा ‘नेल आर्ट’ संचालन, दिपक-दिपाले गरे उद्घाटन

विराटनगर । विराटनगरमा ‘नेल आर्ट’ संचालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ स्थित दुर्गा मार्केट स्थित ‘सिम्मि नेल इट’ शनिबारदेखि संचालनमा ल्याएकी हुन् ।


उक्त ‘सिम्मी नेल इट’को उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला र तथा कलाकार क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोही गर्ने कलाकार अर्जुन कार्की लगायतले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटनमा मोडल साजिद आलमको समेत उपस्थिति रहेको थियो ।


नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आँकृति कोर्नुलाई नेल आर्ट भनिन्छ । अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ । ‘नेल इट गर्नुप¥यो भने काठमाण्डौ जानुपर्ने बाध्यता रहेको थियो । अब यसको अन्त्य भएको छ,’ संचालक समेत रहेकी ब्यूटिसियन सन्तोषी श्रेष्ठले भनिन्, ‘विराटनगरमा खोलेको नेल इट पहिलो हो ।’ सौन्दर्य क्षेत्रमा दुई दशकदेखि लागि परेकी श्रेष्ठले ब्यूटिपार्लर पछि नेल इट खोलेकी हुन् । उनकी छोरी सिम्रनले नेल आर्टको ६ महिनाको डिप्लोमा कार्ष गरेपछि विराटनगरमा करिब १५ लाख रूपैयाँ लागतमा सिम्मी नेल इट खोलेकी हुन् ।


नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा भित्रिसकेको छ । नेल आर्ट २५ भन्दा बढी शैलीमा गर्न सकिन्छ । नेपालमा भने पाँच प्रकारका शैली चल्तीमा छन् । फ्रेन्स, कलरफुल, पेपर आर्ट, डट सेप, एल सेप, स्टाम प्रिन्ट आदि अहिले चल्तीमा रहेको ब्यूटिसिनयहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्